भारद्वाज ब्राम्हणको हृदय परिवर्तन

भारद्वाज ब्राम्हण सधैं पूजापाठ गर्ने गर्देथे उनको घरमा छोरा-बुहारीहरु भने बुद्धको शरण गएर आनापान-विपश्यना गर्न थालेछन् ।

यसले गर्दा उनलाई रिस उठ्न थालेछ । बुद्धको कारणले मेरो घरको वातावरण विग्रिन थाल्यो भन्ने लागेछ किनकि उ एक जनाले मात्र घरमा पुजापाठ गर्थे अरु कसैले गर्ने थिएनन । त्यसपछि उनले सोचे अब यो बुद्धलाई केही नगरि भएन, यसलाई पाठ सिकाउनै पर्यो भनि हिंडे ।
बुढाले आफ्नो हातमा लठ्ठी लिएर बाटो भरि बुद्धलाई गालि गर्दै अन्तमा बुद्ध बस्ने ठाउँमा पुगे ।
बुद्धले बुढो त्यस्तो अवस्थामा देखेर शान्तभावले भन्नु भयो : आउनुहोस बाबा ! केहि अप्ठ्यारो भए जस्तो छ, आउनुहोस, बस्नुहोस , भन्नुभयो ।
बुढा बस्न मानेनन्, बरु बुद्धलाई नचाहिने गालि गर्दै चुनौति दिन थाले।
बुद्धले सोध्नु भयो- बाबा ! के तपाईको घरमा कोहि पाहुना आउँछन ?
बुढाले रिसले उत्तर दिए – अँ आउँछन्, तिमीलाइ यसको के चासो र ?
फेरि बुद्धले सोध्नुभयो, अझै एउटा कुरा भन्नहोस, कसै कसैले तपाईंलाइ केहि उपहार ल्याइ दिन्छन् होला होइन ?
बुढाले रिसले आगो भएर कराए , तर तिमीलाई यसमा के मतलब ? मलाइ जे ल्याइ दिए पनि ।
बुद्धले फेरि सोध्नुभयो – तपाईंलाइ भनेर ल्याइ दिएको उपहार यदि तपाईंले लिन मान्नुभएन भने त्यो उपहार को संग रहन्छ ?
बुढाले उत्तरमा भने – त्यस्तो पनि कुनै प्रश्न हो ? जसले त्यो उपहार ल्याएको हो उसै संग रहन्छ ।
त्यसपछि बुद्धले सम्झाएर भन्नु भयो – त्यहि त म भन्न खोजिरहेको थिएँ बाबा ! तपाई गालिको पोको बोकेर मलाई गालि गर्छु भनि आउनु भयो तर मैले त्यो तपाईंको गालिलाई स्वीकार गरिन, त्यसैले त्यो तपाईंको गालि तपाईं सँगै रहन्छन् ।
बुढा बाबा त्यसो त निकै समझदार थिए । बुद्धको युक्तिसंगत कुरा सुनेर आफ्नो मुर्खतापूर्ण कुराको ज्ञान भयो । बुढालाई बुद्ध कसरी विना क्रोध अथवा मनमा शान्ति लिएर बस्न सक्नु हुन्छ भनेर अचम्म लाग्यो र वहाँले यस्तो शान्ति कहाँबाट पाउनु भयो ? उनलाई बल्ल थाहा भयो कि मनलाई शान्त राख्न कति आवश्यक छ ! त्यसपछि उनले बुद्ध भगवानाई आफ्नो गुरु मानेर धर्म सिकाइदिनुहोस भनि आग्रह गरे । भगवानले उनलाई यहि सिकाउनु भयो – कसरी सासलाई हेर्ने ? आनापान गर्ने ।

Premsagar Gavali

This is Premsagar Gavali working as a cyber lawyer in Pune. Mob. 7710932406

और नया पुराने